अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले देशभर मौसम बदली

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डौं, ११ कात्तिक । जल तथा मौसम विज्ञान विभागले अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर मौसम बदली भएको जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलले अरब सागरमा बनेको न्यून चापीय प्रणालीका कारणले मंगलबार देशभर मौसम बदली भएको जानकारी दिनुभयो । गण्डकी, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मध्यम बर्षाको सम्भावना रहेको उहाले बताउनुभयो । उहाले अहिलेका बर्षाले कुनै असर नपर्ने भएपनि । बागमती ,गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको उहाले जानकारी दिनुभयो ।

हिमाली भेटमा बढि हिमपात हुने देखिएकाले सतकर्ता अपनाउनुपर्ने बिभागले जनाएको छ । पोखरेलले पोष्ट मनसुन नेपालका लागि राम्रो मौसमको समय भएपनि बेला बेला बंगालको खाडी वा अरब सागरमा बन्न चक्रवातले सामान्य बर्षा हुने गरेको बताउनुभयो ।

अरब सागरमा बनेको न्यून चापीय प्रणालीको असर सकिएपछि दुई तीन दिनपछि अर्को चक्रवातका कारण मौसममा बदली हुन सक्ने बिभागले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी