आज सुन तोलामा ७ सय रुपैयाँले घट्यो

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डौं, १२ कात्तिक । आज सुन ७ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा ७ सय रुपैयाँले घटेर दुई लाख ३६ हजार तीन सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको दुई लाख ३७ हजार रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ भने बढेको छ । आज तोलामा ४५ रुपैयाँले बढेर तोलाको दुई हजार नौ सय ६५ रुपैयाँ पुगेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी