पाल्पा ।पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा रैनादेवी छहरा–४, अमलावासका ३१ वर्षीय चालक कमल रायमाझी, मुक्तबहादुर बूढाथोकी र रामबहादुर घाहा रहेका प्रहरीले जनाएको छ।
लुम्बिनी प्रदेश ०१–००१ ज ००९१ नम्बरको जीप बुटवलबाट रैनादेवी छहराको मेहलढापतर्फ जाँदै गर्दा आज सडकबाट करिब दुई सय मिटर तल खोल्सामा खसेको थियो। दुर्घटनापछि प्रहरी र स्थानीयवासीले संयुक्त रूपमा उद्धार कार्य सुरु गरेका छन्।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।




