शेयर बजारमा सामान्य गिरावट, कारोबार रकममा वृद्धि

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ ।लगातार वृद्धि हुँदै आएको शेयर बजार आज सामान्य रूपमा घटेको छ। आज शेयर बजार परिसूचक नेप्से ५।१७ अंकले घटेर २,५६६।१६ विन्दुमा झरेको हो। हिजो नेप्से ६२।२९ अंकले उक्लिएको थियो।

आज अन्य समूहका शेयरहरू एक प्रतिशतभन्दा बढीले ओरालो लागेका छन्। यद्यपि, होटल तथा पर्यटन, जलविद्युत्, लघुवित्त र व्यापार समूहका शेयर भने बढेका छन्।
खानीखोला जलविद्युत् आयोजनाको शेयर आज १० प्रतिशतले उक्लिँदै सकारात्मक सर्किट लागेको छ।

बजार सूचक घटेपनि आजको कुल कारोबार रकम हिजोभन्दा बढेको छ। हिजो चार अर्ब ५७ करोड रुपैयाँको कारोबार भएकोमा आज ३२१ कम्पनीका एक करोड १५ लाख कित्ता शेयर पाँच अर्ब ४५ करोड ९७ लाख रुपैयाँमा किनबेच भएको नेप्सेले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी