काठमाण्डौं, १३ कात्तिक । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षक म्याट रोसले राजीनामा दिएका छन् । मुख्य प्रशिक्षक म्याटले पदबाट तीन दिअघिनैराजीनामा दिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव किरण राईले जानकारी दिए ।
गत फागुनमा एन्फा र अस्ट्रेलियाली प्रशिक्षक रोसबीच एक वर्षका लागि सम्झौता भएको थियो । रोसले झन्डै आठ महिनामै राजीनामा दिएको एन्फाले जनाएको छ । के कारणले राजीनामा दिए भन्ने विषयमा पछि जानकारी गराउने महासचिव राईले बताउनुभयो ।





