काठमाण्डौं, १५ कात्तिक । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय शृङ्खलामा नेपालले आज अमेरिकासँग खेल्दैछ ।
खेल बिहान सवा ११ बजे शुरू हुनेछ । यूएईमा नेपाल, घरेलु टोली र अमेरिकाबीच लिग–२ अन्तर्गतको श्रृंखला चलिरहेको छ । यो शृङ्खलाको पहिलो खेलमा गएको आइतबार नेपाल अमेरिकासँग १ सय ६ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।
लिग–२ मा १८ खेल खेल्दा १२ अंक मात्र जोडेको नेपाल तालिकाको सातौं स्थानमा छ । शीर्ष स्थानमा रहेको अमेरिकाको २२ खेलमा ३२ अंक छ भने यूएई १८ खेलमा ८ अंकसहित पुछारमा छ ।





