काठमाडौं, १६ कात्तिक । आईसीसी एकदिवसीय महिला विश्वकपको उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका खेल्दैछन्।
खेल नवी मुम्बईको डीवाई पाटिल स्टेडियम खेल अपरान्ह सवा ३ बजे सुरु हुनेछ। दक्षिण अफ्रिकाले पहिलो सेमिफाइनलमा इङ्ल्यान्डलाई १ सय २५ रनको फराकिलोअन्तरले पराजित गर्दै पहिलो पटक फाइनलमा स्थान बनाएको हो।
दोस्रो सेमिफाइनलमा सात पटकको विश्व विजेता अस्ट्रेलियालाई पाँच विकेटले हराउँदै भारतले तेस्रो पटक महिला विश्वकप फाइनलमा स्थान बनाएको थियो।
भारत र दक्षिण अफ्रिका पहिलो पटक आमने–सामने हुँदै छन्।





