यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०९ पैसा तोकिएको छ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ १० पैसा र बिक्रीदर ९२ रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३६ पैसा र बिक्रीदर १०० रुपैयाँ ७८ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६२ पैसा तथा युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ १७ पैसा र बिक्रीदर १८५ रुपैयाँ ९५ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकले यो दर आवश्यकताअनुसार संशोधन गर्न सकिने र वाणिज्य बैंकहरूले तोक्ने विनिमय दरमा केही फरक पर्न सक्ने जनाएको छ। अद्यावधिक विनिमय दर नेपाल राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी