काठमाडौँ । ज्यान सम्बन्धी (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलमार्फत रेड नोटिस जारी भएका फरार प्रतिवादी पर्वतका रेशम बहादुर रानालाई पक्राउ गरी नेपाल ल्याइएको छ।
एनसिबि अबुधाबी (युएई) को समन्वयमा पक्राउ परेका रानालाई शुक्रबार नेपाल फिर्ता ल्याई सम्बन्धित मुद्दामा कारबाहीका लागि प्रहरीलाई बुझाइएको नेपाल प्रहरी इन्टरपोल शाखाले जनाएको छ।
राना सहितको कर्तव्य ज्यान मुद्दामा पर्वत जिल्ला अदालतले २०६९ माघ १५ गते जन्मकैद (२० वर्ष) सजाय ठहर गरेको थियो। त्यसयता उनी फरार थिए।
नेपाल प्रहरीको अनुरोधमा इन्टरपोल महासचिवालयले २०८१ जेठ १९ गते रानाविरुद्ध रेड नोटिस जारी गरेको थियो। उनलाई अब सम्बन्धित अदालतको आदेशअनुसार कानुनी कारबाही अघि बढाइनेछ।




