मुगुमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डौं, २५ कात्तिक । मुगु जिल्लामा गएराति ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बाजुरा गौमूल गाउँपालिका ३ का अन्दाजी २४ वर्षीया सुरेश रोकायाको घटनास्थलमै मृत्यु भएको हो।

बाजुराबाट हुम्लाको पिपलमुडामा रहेको विद्युतको सब स्टेसनमा पोल लिएर जाँदै गरेको लु ५ त १२३७ नम्बरको ट्र्याक्टर मुगुको सोरु गाउँपालिका दुर्घटनामा परेको हो।

सोरुकोट प्रहरी चौकीका बलवीर लावडका अनुसार उकालोमा ट्याक्टरको ‘ब्रेक फेल’ भई करिब ७०० मिटर तल खसेको थियो। दुर्घटनामा हुम्ला अदानचुली(२ का २८ वर्षीया रेशम भण्डारी गम्भीर घाइते छन्। उनको जिल्ला अस्पताल मुगु उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी