काठमाण्डौं, २५ कात्तिक – नेपाली बजारमा सुनको भाउ आज एकैदिन तोलामा चार हजार नौ सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा चार हजार नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख ४६ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी पाँच रुपैयाँले बढेर तोलाको तीन हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदी तोलाको तीन हजार एक सय ६५ रुपैयाँ थियो ।





