काठमाण्डौ – दाङ जिल्लाको घोराहीमा सञ्चालित सोनापुर मिनरलले उपभोग गरेको बिजुलीको बक्यौता बुझाएको छ । उद्योगले पहिलो किस्ताबापत ८६ लाख ३० हजार रुपैयाँ बुझाएको छ ।
बक्यौता बुझाएपछि काटिएको लाइन पुनः जोडिएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार उद्योगको २४ करोड २९ लाख ९९ हजार रुपैयाँ बक्यौता रहेकोमा हिजो पहिलो किस्ताबापतको रकम दाखिला गरेको हो ।





