काठमाडौं, २६ कात्तिक । नेपाली बजारमा आज सुनको मूल्य २हजार १ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा २ हजार १ सय रुपैयाँले कम हो। मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले बढेको छ। मंगलबार ३ हजार १७० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार १७५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ।





