सेयर बजार दोहोरो अंकले घट्यो

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । बुधबार नेप्से परिसूचक २०.५६ अङ्कले घटेर २५४४.५९ बिन्दुमा पुगेको छ। बजारमा ४९ कम्पनीको मूल्य बढ्दा १९८ कम्पनीको मूल्य घटेको छ।

आज ३२१ कम्पनीको ८४ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। सबैभन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको ४० करोड रुपैयाँ बराबर भएको छ।

बुधबार ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। भुगोल इनर्जी र सागर डिस्टिलरीको सेयर मूल्य १०% ले, बुंगल हाइड्रो र बन्दीपुर केबलकारको ९.९८% ले बढेको छ।

सबै समूहको सूचक घट्दा उत्पादन समूह मात्र ०.२३% ले बढेको छ। व्यापार समूह सर्वाधिक २.३५% र अन्य समूह १.३३% ले घटेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी