एनपीएलको ट्रफी काठमाडौैंमा प्रदर्शन

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

नेपाल प्रिमियर लिग–एनपीएलको दोस्रो संस्करणको मिति नजिकिदै जाँदा काठमाडौैंमा ट्रफी प्रदर्शन गरिएको छ ।

बुधबार एनपीएल टीम काठमान्डू गोर्खाजले काठमाडौंको बसन्तपुर, पाटन र भक्तपुर दरवार क्षेत्रमा एनपीएलको ट्रफी प्रदर्शन गरेको हो । बाजागाजासहित एनपीएलको ट्रफीलाइ ऐतिहासिक क्षेत्रमा पुराएर प्रदर्शन गरिएको हो । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म हुँदै छ ।

एनपीएलको दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौं गोर्खाजले साविक विजेता जकनपुर बोल्ट्सको सामना गर्ने छ ।

त्रिवि क्रिकेट रंगशालामा हुने एनपीएलको दोस्रो संस्करणका अधिकांश खेलहरु फ्लडलाइटमा आयोजना हुने क्यानले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी