काठमाण्डौं, २७ कात्तिक । नेपाली बजारमा आज सुनको भाउ एकैदिन पाँच हजार नौ सय रुपैयाँले बढेको छ । सुन तोलामा पाँच हजार नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख ५० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको भाउ तोलामा एक सय ७० रुपैयाँले बढेर तोलाको तीन हजार तीन सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।





