काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) को लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रुपैयाँ १७ पैसा तोकिएको छ।
अस्ट्रेलियन डलर एकको खरिददर ९२.९५ रुपैयाँ, बिक्रीदर ९३.३५ रुपैयाँ,क्यानेडियन डलर एकको खरिददर १०१.१७ रुपैयाँ, बिक्रीदर १०१.६० रुपैयाँ निर्धारण गरिएको छ।
त्यसैगरी, युरो एकको खरिददर १६४.४३ रुपैयाँ र बिक्रीदर १६५.१३ रुपैयाँ,युके पाउन्ड एकको खरिददर १८६.२४ रुपैयाँ, बिक्रीदर १८७.०३ रुपैयाँ कायम गरिएको छ।
राष्ट्र बैंकले विनिमय दर आवश्यकताअनुसार जुनसुकै बेला संशोधन हुन सक्ने र वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुन सक्ने जानकारी दिएको छ। अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेछ।





