काठमाडौँ । विविध चेतनामूलक कार्यक्रमसहित आज नेपालसहित विश्वभर विश्व मधुमेह दिवस मनाइँदै छ। संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस सन् २००७ देखि औपचारिक रूपमा मनाउन थालिएको हो।
विश्व स्वास्थ्य सङ्गठन (WHO) का अनुसार सन् १९८० मा विश्वभर करिब १० करोड मधुमेहका बिरामी रहेका भए पनि २०१४ सम्म आइपुग्दा यो संख्या ४२ करोड २० लाख पुगेको छ। मोटोपना, अस्वस्थ जीवनशैली, तथा शारीरिक गतिविधि अभावले मधुमेह तीव्र रूपमा बढिरहेको बताइन्छ।
स्वस्थ आहार, नियमित व्यायाम, धूमपान र मद्यपानबाट टाढा रहनु मधुमेह रोकथामका प्रमुख उपाय मानिन्छ।
WHO ले प्रत्येक देशले मधुमेह नियन्त्रणका लागि दीर्घकालीन स्वास्थ्य नीति, जनचेतना विस्तार र स्वस्थ जीवनशैलीमैत्री वातावरण निर्माणमा जोड दिनुपर्ने बताएको छ।





