काठमाडौँ । आंशिक रूपमा पुनः खुलेको सवारी चालक अनुमति पत्र ९लाइसेन्स० सेवा फेरि बन्द भएको छ। आज ९शुक्रबार० यातायात व्यवस्था विभागको डेटा सेन्टरमा समस्या देखिएपछि लाइसेन्ससम्बन्धी सबै सेवा अवरुद्ध भएको विभागले जनाएको छ।
विभागले सूचना जारी गर्दै इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स तथा नयाँ लाइसेन्स आवेदन प्रणाली अर्को सूचना जारी नभएसम्म बन्द रहने जानकारी दिएको छ।
भदौ २३ र २४ का आन्दोलनका कारण ठूलो क्षति पुगेपछि विभागका सबै सेवा रोकिएका थिए। १६ कात्तिकदेखि मात्र आंशिक रूपमा सेवा सञ्चालनमा आएको थियो।




