काठमाडौं, कार्तिक २९ । नेपाली क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको तयारी पुरा भएको जनाएको छ ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यानले मंसिर १ गते सोमबारदेखि सुरु हुने एनपीएलको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।
नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको अधिकांश खेलहरु फ्लडलाइटमा डे नाइट म्याच खेलाइने क्यानले जनाएको छ । एनपीएलको बिजेताले १ करोड १० लाख राशिको पुरस्कार प्राप्त गर्ने क्यान सचिव पारस खड्काले जानकारी दिनुभयो ।
उहाले क्यानले एनपीएलको दोस्रो संस्करणलाई भव्य बनाउन पछिल्लो ५ महिनादेखि निकै मेहनत गरेको र डे नाइट म्याच खेलाउन तयार भएको बताउनुभयो । क्यानले दोश्रो संस्करणमा विभिन्न स्पोन्सर, टिकट र अन्यमार्फत करिब ३० देखि ४० करोड रुपैयाँसम्म आम्दानी हुने अपेक्षा गरिएको गरेको छ ।
जसमा टिकट बिक्रीबाट मात्रै न्यूनतम ८ करोडदेखि अधिकतम १२ करोड रुपैयाँसम्म उठाउने लक्ष्य रहेको क्यानका कोषाध्यक्ष पदम बहादुर खड्काले बताउनुभयो ।





