काठमाडौं, ३० कात्तिक । मकवानपुरको भीमफेदीमा मोटरसाइकल खोलामा खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नम्बर –५ र भीमफेदी गाउँपालिका वडा नम्बर १ को सिमानास्थित बुङ्दल खोला पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवापुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहोराका अनुसार घटना राति भएको हो।
गएराति भएको दुर्घटनामा बाप्र ०३–००५ प ७९८० नम्बरको मोटरासाइकल बुङदल खेलामा खसेको थियो। आज बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। अहिले दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




