काठमाण्डौं, १ मंसिर । आज नेपाली बजारमा सुनको मुल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । तोलाको पाँच सय रुपैयाँले बढेर तोलाको दुई लाख ४३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदी २० रुपैयाँले बढेर तोलाको तीन हजार एक सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।





