वीर अस्पतालको सेवा प्रभावकारी बनाउन मन्त्रालयले सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिवद्धता

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाण्डौं, १ मंसिर । स्वास्थ्यमन्त्री डा.सुधा शर्मा गौतमले वीर अस्पतालको सेवालाई प्रभावकारी बनाउन मन्त्रालयले हरसम्भव सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

सोमबार काठमाडौंको वीर अस्पतालको निरिक्षण गर्दै मन्त्री गौतमले वीर अस्पतालले अन्य निजि अस्पतालभन्दा पनि प्रभावकारी सेवा दिएको भन्दै यसलाई थप प्रभावकारी बनाउन मन्त्रालयले हरसम्भव सहयोग गर्ने प्रतिवद्धता गर्नुभएको हो ।

उहाले अझै पनि अस्पतालमा आउने विरामीहरुको केहि गुनासो देखिएकाले त्यसलाई सुधार गर्दै अघि बढ्न अस्पताल प्रशासनलाई निर्देशन दिनुभयो । अस्पतालमा उपचारका लागि आवश्यक सामान समयमा नै खरिद गर्न उहाले ध्यानाकर्षण गराउनुभयो । मन्त्री गौतमले दरवन्दीको समस्या समेत समाधान गरिने उल्लेख गर्नुभयो ।
सो क्रममा वीर अस्पतालका अधिकारीहरुले शल्यक्रियाका लागि कुर्नुपर्ने अवस्थालाई अन्त्य गर्न शल्यक्रिया संख्या बढाइएको, आइसियु र एचडियुमा ११० वेडको व्यवस्था गरिएको जानकारी गराएका थिए । उनीहरुले अझै पनि अस्पतालमा जनशक्तिको अभाव भएको गुनासो गरेका थिए । स्वास्थ्यमन्त्री शर्माले बीर अस्पतालको पुरानो तथा नयाँ भवनबाट प्रभाव भइरहेको सेवाका बारेमा जानकारी लिदै केहि बिरामीका गुनासा पनि सुन्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी