सुन प्रतितोला ३ हजार ८ सय रुपैयाँले घट्यो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, २ मंसिर । नेपाली बजारमा आज सुनको भाउ प्रतितोला ३ हजार ८ सय रुपैयाँ घटेको छ । आज सुन तोलमा ३ हजार ८ सय रुपैयाँ घटेर तोलाको २ लाख ३९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुन २ लाख ४३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा ६५ रुपैयाँ घटेको छ । चाँदी आज ३ हजार ९० रुपैयाँ कायम भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्