काठमाडौँ, ३ मंसिर । त्रिवि मैदानमा जारी नेपाल प्रिमियर लिग एनपीएलमा आज काठमाडौँ गोर्खाज र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो ४ः०० बजे शुरु हुने छ ।
काठमाडौँ दोस्रो जितको खोजीमा हुँदा सुदूरपश्चिम सुखद् सुरुआत गर्ने लक्ष्यमा रहनेछ । काठमाडौँले उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो ।
आज एउटा मात्रै खेल हुने छ ।





