एनपीएलमा आज दुई खेल हुँदै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौँ, ६ मंसिर । त्रिवि क्रिकेट म्रदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई वटा खेल हुने भएका छन्।

पशिलो खेल बिहान ११ः १५ बजे कर्णाली र लुम्बिनी लायन्सबीच हुँदैछ ।

लुम्बिनी दोस्रो जितको खोजीमा छ। उसले पहिलो खेलमा चितवन राइनोजलाई हराएको थियो। कर्णालीको पनि यो दोस्रो खेल हो। पहिलो खेलमा चितवन राइनोजसँग हारेको कर्णाली आज विजयी हुन चाहन्छ।

यस्तै, दोस्रो खेलमा दिउँसो ३ः३० बजे काठमाण्डू गोर्खाज र विराटनगर किङ्स खेल्दै छन्।

पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएको काठमाडौँ दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो । सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर लगातार दोस्रो जितको खोजीमा छ।

विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्समाथि शानदार जित निकालेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्