टी–२० विश्वकपमा नेपाल समूह ‘सी’ मा, पहिलो खेल इंग्ल्यान्डसँग खेल्ने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाण्डौं, १० मंसिर । आईसीसी टी–२० विश्वकपको खेल तालिका सावंजनिक भएको छ । हिजो मुम्बईमा एक कार्यक्रमकाबीच समूह विभाजनसहित टी–२० विश्वकपको खेल तालिका सार्वजनिक गरिएको हो । जसमा नेपाल समूह ‘सी’ मा परेको छ भने सबै खेल भारतको मुम्बईमा खेल्नेछ ।

नेपालको समूहमा २–२ पटकका विश्वकप विजेता इंग्ल्यान्ड र वेस्ट इन्डिजसँगै बंगलादेश र इटाली रहेका छन् । नेपालले इंग्ल्यान्डसँग पहिलो खेल आउँदो माघ २५ गते अर्थात् फेब्रुअरी ८ तारिखमा खेल्नेछ । खेल मुम्बईको वान्खडे स्टेडियममा हुनेछ ।

यस्तै नेपालले फेब्रुअरी १२ तारिखमा इटालीसँग, फेब्रुअरी १५ तारिखमा वेस्ट इन्डिजसँग र फेब्रुअरी १७ तारिखमा बङगलादेशसँग खेल्नेछ । नेपालले इंग्ल्यान्डसँग अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक खेल्नेछ ।

यस्तै समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, यूएई र क्यानडा छन् । टी–२० विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्