काठमाडौँ, १० मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज विराटनगर किंग्स र चितवन राइनोज खेल्दै छन् ।
खेल त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ बजे शुरु हुनेछ। सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनर यसअघिका लगातार तीन खेलमा जितसहित तालिकाको दोस्रो स्थानमा छ।
दुई खेलबाट दुई अंक जोडेको चितवन तालिकाको चौथो स्थानमा छ ।





