सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढ्यो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाण्डौं, २५ मंसिर । नेपाली बजारमा आज सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ । सुन एक हजार रुपैयाँले बढेर तोलाको २ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको भाउ पनि आज तोलामा ५५ रुपैयाँले बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज चाँदी ५५ रुपैयाँले बढेर तोलाको तीन हजार आठ सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्