आज सुन तोलामा २ हजार रुपैयाँले घट्यो

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ४ पौष । सुनको भाउ शुक्रबार तोलामा २ हजार रुपैयाँ घटेको छ। आज छापावाल सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुन तोलामा २ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको थियो।

चाँदी तोलामा ७५ रुपैयाँ घटेको छ। आज चाँदी ७५ रुपैयाँ घटेर तोलामा ४ हजार ५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी