भेडेटारमा पुस १६ देखि १८ गतेसम्म खाना महोत्सव

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डौं, ९ पौष । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटारमा पुस १६ देखि १८ गतेसम्म खाना महोत्सव आयोजना हुने भएको छ ।

होटल एसोसिएसन भेडेटारले बुधबार भेडेटारमा पत्रकार सम्मेलन गर्दै १३ औ खाना महोत्सव अर्थात फुड फेस्टिभल पुस १६ देखि १८ गतेसम्म आयोजना गर्न लागिएको जनाएको हो । अग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा हुन लागेको महोत्सवमा विभिन्न जातीय तथा अर्गानिक खानाका परिकार राखिने आयोजकले जनाएको छ । त्यस्तै खाद्यान्न, नगदे र औद्योगिक बाली ,फलफूल, तरकारी, आलु बाली तथा स्थानीय कृषि उत्पादनका स्टल राखिने जनाइएको छ । आन्तरीक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै तथा पर्यटन प्रबद्र्धनमा समेत सहयोग पुग्ने उदेश्यले खाना महोत्सव गर्न लागिएको होटल एसोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बुले जानकारी दिनुभयो ।

भेडेटारमा तराईका जिल्लाहरुमा साथै छिमेकी देश भारतबाट सबैभन्दा बढी पर्यटकहरु पुग्ने गरेका छन् । फेस्टिभलमा करिब २ करोड ५० लाख बराबरको कारोबार गर्ने तथा ५० देखि ६० हजार पर्यटक भित्राउने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी