आफु र पार्टीका नेताहरुमाथि भ्रम छर्ने काम भइरहेको छः रवि लामिछाने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ९ असार ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफु र पार्टीका नेताहरुमाथि भ्रम छर्ने काम भइरहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा धादिङ काठमाडौं सम्पर्क विभाग गठन कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले रास्वपा बलियो भएर अघि बढ्ने देखिएपछि काम नगर्ने र कुरामात्रै गर्ने भनेर आफु र पार्टीका नेताहरुमाथि भ्रम छर्ने काम भइरहेको बताउनुभएको हो ।

उहाले आफु र पार्टीले बिभिन्न समयमा धेरै काम गरेको भन्दै ८४ को निर्वाचनमा एक एक हिसाव लिएर जनतामाझ जाने जिकिर गर्नुभयो । नागरिकका मुद्धाहरुमा दरो उपस्थीति आफैमा गहन कुरा भएकाले पाँच बर्षको हिसाव व्याजसहित जनतालाई देखाउने उहाको भनाइ छ ।

उहाले संस्थागत रुपमा नै भिन्न ढंगले नयाँहरुलाई भिडाउने कामले कसैलाई फाइदा नहुने धारणा राख्नुभयो । नयाँ राजनीतिक दलका रुपमा आएका र पुराना दलमा राम्रा काम गरिरहेका नेताहरुमाथि आफुहरुको कुनै लडाई नरहेको उहाले स्पष्ट पार्नुभयो ।

उहाले आफुहरुको साझा शत्रु भ्रष्टाचार भएकाले त्यसका लागि लडिरहेको जिकिर गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी