सनफुड नेपाल प्रा.लि.द्वारा व्यवसायिक इन्क्युबेसन सेन्टर स्थापना

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ, १६ पुस । सनफुड नेपाल प्राइभेट लिमिटेडले नेपालका किसान तथा कृषि उद्यमीहरूको क्षमता अभिवृद्धि र आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यसहित व्यवसायिक इन्क्युबेसन सेन्टर स्थापना गरेको छ। यो पहल KOICA को Inclusive Business Solution (IBS) कार्यक्रमअन्तर्गत सञ्चालनमा ल्याइएको हो।

इन्क्युबेसन सेन्टरमार्फत कोरियाको उन्नत कृषि तथा पशुपालन प्रविधि नेपालमा भित्र्याइने, साथै आधुनिक कृषि प्रणाली, व्यवसाय व्यवस्थापन र बजारमुखी तालिम प्रदान गरिने कम्पनीले जनाएको छ। यसले किसान तथा युवा उद्यमीहरूलाई व्यावसायिक रूपमा सशक्त बनाउने अपेक्षा गरिएको छ।

गत नोभेम्बरको अन्त्यतिर काठमाडौँमा सम्पन्न तालिम कार्यक्रममा किसान तथा युवा उद्यमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले कार्यक्रम उपयोगी र व्यवहारिक रहेको प्रतिक्रिया दिएका थिए।

यस्ता तालिम तथा इन्क्युबेसन कार्यक्रमहरू देशका विभिन्न क्षेत्रमा विस्तार गर्ने योजना रहेको बताउँदै नेपाली किसान र युवाहरूको सक्रिय सहभागिताबाट कृषि क्षेत्रको दिगो विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी