काठमाण्डौं, १८ पुस । केही दिन यता लगातार लागिरहेको बाक्लो हुस्सु र कुहिरोका कारण पश्चिम तराईका बाँकेलगायत जिल्लाका जननीवन प्रभावित भएको छ । विशेष गरी चिसोले बालबालिका, विद्यार्थी, मजदुर, गरिब, असहाह र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् ।
स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । बिहान खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका छन् । साँझपख पनि चिसो बढ्न थालेपछि बजार सम्साझैँ सुनसान हुन थालेका छन् ।
यस्तै, चिसोका कारण दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी पनि बढेका भेरी अस्पतालले जनाएको छ । रासस




