एनभीए भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डौं, पुस । नवौं एनभीए पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको फाइनल खेल शनिबार हुँदैछ । पुरुषतर्फ त्रिभुवन आर्मी क्बल र हेल्प नेपाल स्पोर्टस क्लबले उपाधिका लागि भिड्दै छन्।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हिजो भएको पुरुषतर्फको सेमिफाइनल खेलमा आर्मीले रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई र हेल्प नेपालले नेपाल पुलिस क्लबलाई हराउँदै फाइनलमा पुगेका हुन् ।

यस्तै महिलातर्फ न्यु डायमन्ड भलिबल क्लब र नेपाल पुलिस क्लब खेल्दै छन् । महिलातर्फको फाइनल खेल दिउँसो १ बजे र पुरुषको दिउँसो साढे ३ बजे हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्