उदयपुर केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २० पुस । उदयपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ । उदयपुरको बागापाटी आसपास केन्द्रविन्दु भएर गएराति १० बजेर ५१ मिनेटमा भूकम्प गएको हो ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका विज्ञ राजेश शर्माका अनुसार भूकम्पको तीव्रता ४।३ म्याग्निच्युड मापन भएको छ ।

भूकम्पको धक्का उदयपुर र आसपासका जिल्लामा महसुस भएको थियो । भूकम्पको क्षतिको विवरण आउन बाँकी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी