आईसीसी टी–२० विश्वकपका लागि नेपाल टोलीको घोषणा

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । यसै वर्ष भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकपका लागि नेपाल क्रिकेट संघ ९क्यान० ले १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ। क्यानले मंगलबार सार्वजनिक गरेको टोलीको कप्तानी रोहित पौडेलले गर्नेछन्।

नेपाल समूह ‘सी’ मा रहेको छ, जहाँ उसले इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटालीसँग प्रतिस्पर्धा गर्नेछ। समूह चरणका नेपालका सबै खेल भारतको वान्खडे रंगशालामा हुनेछन्।

घोषित टोलीमा अनुभवी र युवा खेलाडीको सन्तुलित संयोजन देखिएको छ। टोलीमा दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, सन्दीप जोरा, आरिफ सेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेस बम रहेका छन्।

नेपालले पहिलो पटक भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने विश्वकपमा प्रतिस्पर्धा गर्न लागेको हो। क्यानले यो टोलीले विश्वकपमा प्रतिस्पर्धात्मक प्रदर्शन गर्ने विश्वास व्यक्त गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्