मन्त्री गुप्ताको अमेरिका भ्रमणमा एनआरएनए अमेरिकाको कुनै कार्यक्रम छैन

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ : युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमणका विषयमा नेपालमा चर्चामा आएको कार्यक्रमबारे गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले स्पष्टीकरण दिएको छ।

संघले प्रेस विज्ञप्ति जारी गर्दै स्पष्ट पारेको छ कि अमेरिकामा मन्त्री गुप्ताका लागि कुनै कार्यक्रम आयोजना गरिएको छैन र उनलाई कुनै निमन्त्रणा गरिएको छैन।

विज्ञप्तिमा एनआरएनए अमेरिकाको नाम, लोगो, इआईएन नम्बर तथा डिजिटल पहिचान दुरुपयोग गरी केही व्यक्तिहरू वा समूहले अवैध र अनधिकृत गतिविधि सञ्चालन गरेको विषयमा गम्भीर ध्यानाकर्षण गरिएको उल्लेख छ।

एनआरएनए अमेरिकाले भन्यो कि संस्थाको आधिकारिक स्वीकृति वा निर्णयबिना गरिएका कार्यक्रम, आर्थिक संकलन वा अन्य गतिविधि पूर्ण रूपमा गैरकानुनी हुने र त्यसको जिम्मेवारी सम्बन्धित व्यक्ति वा समूहमाथि पर्नेछ।

यसै सन्दर्भमा अमेरिकी होमल्याण्ड सेक्युरिटी र नेपालस्थित अमेरिकी दूतावासलाई औपचारिक जानकारी दिइसकिएको संघले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्