एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्चको आदेश

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, पुष २८ । आगामी माघ २८ का लागि तोकिएको अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन प्रक्रिया रोक्नका लागि उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ। 

सोमबार न्यायाधिश कृपासुर कार्कीको इजलासले एन्फाको निर्वाचनका लागि उम्मेदवारी दर्ता बुझ्ने लगायत निर्वाचन सम्बन्धी अन्य कुनै कार्य नगर्न अल्पकालिन अन्तरिम आदेश दिइएको छ। 

यो रिट गोरखा जिल्ला फुटबल संघका अमित खत्रीले दयार गरेका थिए। उनले गत पुस २५ गते राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव,  राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष, अखिल नेपाल फूटबल संघ, अखिल नेपाल फूटबल संघका अध्यक्ष पंकज विक्रम नेम्वाग्ङ र अखिल नेपाल फूटबल संघका महासचिव किरण राईलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्