नेपाली भू–उपग्रह ‘मुनाल’मा प्राविधिक समस्या

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डौ : नेपालले भारतको सहयोगमा प्रक्षेपण गरेको सानो आकारको भूउपग्रह (नानो स्याटेलाइट) मुनालमा प्राविधिक समस्या आएको छ ।

प्रक्षेपणकाक्रममा प्रारम्भिक चरण सफल भए पनि तेस्रो चरणमा समस्या आएको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान ९नाष्ट० ले जनाएको छ ।

नाष्टले निकालेको विज्ञप्तिअनुसार उडानका क्रममा विचलन आएको छ ।

नाष्टको पहल तथा व्यवस्थापन र भारत सरकारको सहयोगमा अस्ति सोमवार मुनालको प्रक्षेपण गरिएको थियो ।

भारतको विदेश मन्त्रालय र भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनको पहलमा श्रीहरिकोटको सतीश धवन अन्तरिक्ष केन्द्रबाट सोमवार बिहान साढे १० बजे मुनाल भूउपग्रह प्रक्षेपण भएको थियो ।

काठमाण्डौ विश्वविद्यालय तथा विभिन्न विद्यालयका उच्च माध्यमिक तहका विद्यार्थीले यो भूउपग्रह निर्माण गरेका थिए ।

दुई वर्षअघि निर्माण सम्पन्न भए पनि प्रक्षेपणको समय बल्ल मिलेको नाष्टका कार्यवाहक उपकुलपति डा। बुद्धराम शाहले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी