अमेरिकाले नेपालसहित ७५ देशहरूका लागि आप्रवासी भिसा प्रक्रिया रोकेको छ। अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक भार बन्न सक्ने ठानिएका आवेदकहरूमाथि कडाइ गर्ने प्रयास स्वरूप नेपालसहित ७५ देशहरूका लागि आप्रवासी भिसा प्रक्रिया रोकेको भनेर फक्स न्युजले जनाएको छ।
फक्स न्यूजले प्राप्त गरेको विदेश मन्त्रालयको त्यसबारे मेमो अनुसार मन्त्रालयले जाँचबुझ र प्रमाणीकरण प्रक्रियाहरूको पुनरवलोकन गरिरहँदा कन्सुलर अधिकारीहरूलाई विद्यमान कानुन बमोजिम भिसा अस्वीकार गर्न निर्देशन दिइएको छ।
नेपालसहित सोमालिया, रूस, अफगानिस्तान, ब्राजिल, इरान, इराक, इजिप्ट, नाइजेरिया, थाइल्याण्ड, यमन लगायत देशहरूसो सूचीमा परेका छन्।
सो स्थगन जनवरी २१ (माघ ७) देखि लागु हुने हुनेछ र विदेश मन्त्रालयले आप्रवासी भिसा प्रक्रियाको पुनरवलोकन नगरेसम्म अनिश्चितकालका लागि जारी रहनेछ।
आप्रवासी भिसा भनेको अमेरिकामा स्थायी बसोबास गर्ने प्रयोजनका लागि दिइने लामो समयको भिसा हो। छोटो समयका लागि दिइने विद्यार्थी, बिजनेस, भिजिट भिसा लगायतभन्दा यो अलग प्रकारको भिसा हो। एजेन्सी





