आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस,देशभर जनचेतनामूलक कार्यक्रम गरि मनाइँदै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डौ : ‘सबै तहका सरकार, सबै नागरिकको तयारी भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ भन्ने नाराका साथ २८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

१९९० साल माघ २ गते गएको विनाशकारी महाभूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।

यस दिवसको उद्देश्य भूकम्पबाट हुने क्षतिको न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्नु हो । १९९० साल माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा गएको भूकम्पको स्मृतिमा हरेक वर्ष यही दिनलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाइने गरिन्छ ।

संघ, प्रदेश र पालिका गरी तीनै तहका सरकारले विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाउन लागेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

आज काठमाण्डौमा प्रधानमन्त्री शुशिला कार्कीको उपस्थितिमा भूकम्प सुरक्षा सम्बन्धी विशेष कार्यक्रम आयोजना हुँदैछ ।

जसमा विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा कार्यरत विभिन्न संघ–संस्थाहरूको सहभागिता रहनेछ देशभर गोष्ठी, छलफल, र्याली, अन्तरक्रिया, प्रदर्शनी, प्रतियोगिता, रक्तदान, सडक नाटक, अडियो–भिडियो कार्यक्रमलगायत विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन हुनेछन् ।

भूकम्पपछिको सम्भावित अवस्थाको पूर्वआँकलन गर्दै प्रभावकारी तथा दू्रत खोज तथा उद्धार, तालिमप्राप्त उद्धारकर्मीको व्यवस्थापन र तत्काल राहत सामग्रीको तयारी अहिलेको आवश्यकता रहेको विज्ञहरुले बताउँदै आएका छन्

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी