काठमाडौं, ४ माघ । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट नेपालमा आजदेखि सुरु हुँदैछ। खेल विहान ९ बजे सुरु हुनेछ।
नेपालले पहिलो दिन थाइल्यान्डसँग खेलेर यस प्रतियोगितामा सुरुवात गर्ने छ।
यस प्रतियोगिताको वार्म अपमा नेपाल स्कटल्यान्ड आयरल्यान्डसँग पराजित भएको थियो। अमेरिकासँग भएको दुई अभ्यास खेलमा भने नेपालले एकमा जित र एकमा हार बेहोरेको थियो। ग्लोबल छनोटको समूह ‘बी’ मा नेपालले नेदरल्यान्ड्स स्कटल्यान्ड, थाइल्यान्ड र जिम्बाब्वेसँग खेल्ने छ।
थाइल्यान्डसँग खेलेपछि नेपालले जनवरी २२ मा नेदरल्यान्ड्स, जनवरी २४ मा जिम्बाब्वे र जनवरी २६ मा स्कटल्यान्डसँग खेल्ने छ।
समूह एमा बङ्गलादेश, आयरल्यान्ड, नामिबिया, पपुआ न्युगिनी र अमेरिका रहेका छन् । यस प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टिम सन् २०२६ मा हुने महिला टी–२० विश्वकपमा चयन हुने छन् । आगामी विश्वकप इङ्ग्ल्यान्ड र वेल्समा जुन १२ देखि जुलाई ५ तारिखसम्म हुँदै छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आयोजनामा हुने लागेको यो प्रतियोगिता त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला र मूलपानी क्रिकेट मैदानमा हुँनेछ।





