सुन आज तोलाको २ लाख ८४ हजार ७ सय रुपैयाँ पुग्यो

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डौं, ६ माघ । नेपाली बजारमा आज सुनचाँदीको भाउले कीर्तिमान बनाएको छ । सुनको भाउ तोलामा २ हजार ७ सय रुपैयाँले बढेर तोलाको २ लाख ८४ हजार ७ सय रुपैयाँ पुगेको छ । हिजो सुन तोलाको २ लाख ८२ हजार रुपैयाँ थियो ।

त्यस्तै चाँदी पनि आज तोलामा ७० रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलाको ५ हजार ८ सय ८० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्