कुलेखानी–काठमाडौँ सडकखण्डमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु, २ जना घाइते

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डौं, ७ माघ । हेटौँडाबाट काठमाडौँ आइरहेको बोइलर कुखुरा बोकेको बोलेरो गाडी दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । बागमती– कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा दुई जना घाइते भएका छन्।

मृत्यु हुनेमा सर्लाहीको वरथवा नगरपालिका–१ का १७ वर्षीय रोहन मण्डल रहेका छन् ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार मधेश प्रदेश ०३–००१ च ६७२१ नम्बरको गाडी बिहीबार बिहान दुर्घटना भएको हो।

घाइते भएका वरथवा नगरपालिका १ का २५ वर्षीय रामवली साह र १६ वर्षीय छोटे पासवानको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्