सल्यानको ढोरचौरमा ग्लोबल आइएमई लघुवित्तद्वारा मृतक सदस्यका परिवारलाई बीमा रकम हस्तान्तरण

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं : सल्यानको ढोरचौरमा रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालयले आफ्ना सदस्यको असामयिक निधनपछि बीमा रकम हस्तान्तरण गरेको छ।

केन्द्र नं. १२०.०२६.०१.६ की सदस्य चन्द्रा कुमारी बोहरा थापाका श्रीमान ईश्वरी थापाको असामयिक निधन भएपछि संस्थाले हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै बीमा सुविधाअन्तर्गतको रकम हस्तान्तरण गरेको हो।

सदस्यले कर्जा लिँदा सुरक्षणका लागि गरिएको बीमाअनुसार रु. ४ लाख २० हजार बराबरको बीमा रकम शारदा नगरपालिका–७ कजेरीका वडा सदस्य नन्दाराम रेउलेको रोहवरमा मृतककी श्रीमती चन्द्रा कुमारी बोहरा थापालाई प्रदान गरिएको शाखा कार्यालयले जनाएको छ।

कार्यक्रममा वडा सदस्य,नन्दाराम रेउले (वडा सदस्य) गणेश खनाल (शाखा प्रमुख) कमल वली (कर्मचारी), केन्द्र प्रमुख, सदस्य तथा अन्य अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै अन्य उपस्थितहरूमा रिता कुमारी गिरी (केन्द्र प्रमुख), नेपि थापा, चिउरली गिरी, काली थापा, मंगली थापा, मोति वस्नेत, भिमी बुढाथोकी, पुनि वस्नेत, शुसिला विस्ट, पतरी विस्ट, पर्शुराम रोका, रेमन्त थापा, माघे रोका र कोपि रोका लगायतको सहभागिता रहेको थियो।

ग्लोबल आइएमई लघुवित्तले विपद्को समयमा सदस्य तथा परिवारको साथमा रहने प्रतिबद्धता व्यक्त गर्दै यस्ता सामाजिक सुरक्षामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्