जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान जंगलमा मृत फेला

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डौं, ११ माघ । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान हरि जिसी मृत भेटिएका छन् । घोराही २ रामपुर ठेगाना भएका उनी ८ गते बिहानको ड्यूटी सकेर स्कुटी लिएर निस्केका जिसी तीन दिनसम्म बेपत्ता थिए ।

प्रहरीले खोजतलास गर्दा उनको शव घोराही१८ घरडौराको जंगलमा झुन्डिएको अवस्थामा फेला परेको थियो।

पारिवारिक स्रोतका अनुसार उनका बुबालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका लागि भर्ना गरिएको थियो । जिल्ला प्रहरी प्रमुख एसपी दिपक श्रेष्ठले पोस्टमार्टम भइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्