काठमाडौँ, १५ माघ । आज एकैदिन सुनको भाउ तोलामा २० हजार ५०० रुपैयाँले बढेको छ । आज सुन तोलामा ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ३ लाख १८ हजार ८०० रुपैयाँ थियो।
यस्तै, आज चाँदीको भाउ पनि बढेर तोलामा ७ हजार ५०५ रुपैयाँ र १० ग्रामको ६ हजार ४३४ रुपैयाँ कायम भएको संघले जनाएको छ। आज कायम भएको सुनको मूल्य हालसम्मकै उच्च हो ।





