चुनाव लक्षित नेपालमा २५ लाख नक्कली नोट भित्र्याउने तयारीमा रहेको गिरोह भारतमा पक्राउ

रेडियो काठमाण्डु
  • ख-
  • ख
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ, १९ माघ । फागुन २१ मा हुने आमनिर्वाचन लक्षित गरेर नेपालमा नक्कली नेपाली र भारतीय रुपैयाँ भित्र्याउने तयारीमा रहेको ठूलो गिरोह भारतमा पक्राउ परेको छ ।

नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत रक्सौल आसपासमा नक्कली नोटको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोह समातिएको हो । पूर्वी चम्पारण प्रहरी र एसटिएफको संयुक्त टोलीले भारतेको सीतामढीको मेजरगंज क्षेत्रमा सञ्चालित नक्कली नोट छाप्ने अत्याधुनिक कारखाना नै फेला पारेर ध्वस्त पारेको छ ।

छापामारीमा २५ लाख रुपैयाँ बराबरको नक्कली नेपाली नोट, १८ हजार ५ सय नक्कली भारतीय रुपैयाँ र नोट छाप्ने हाइटेक मेसिन बरामद भएको हो । नोट छाप्न प्रयोग हुने कागज, रसायन तथा अन्य सामग्री पनि बरामद भएको भारतीय प्रहरीको भनाइ छ । घटनामा संलग्न १० जना अभियुक्तलाई पक्राउ गरिएको छ, समातिनेमा ३ जना नेपाली नागरिक छन् ।

प्रहरीका अनुसार बरामद गरिएको नक्कली नेपाली रुपैयाँ नेपालमा फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी प्रयोग गर्ने योजना बनाइएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्