काठमाण्डौं, २० माघ । नेपाल कम्युनिस्ट पार्टीका नेता श्रीप्रसाद मुखिया (चन्द्रिका)को निधन भएको छ । उनको हृदयाघातका कारण सोमबार राति निधन भएको हो ।
रोटहतको यमुनामाई गाउँपालिकाका पूर्वअध्यक्ष समेत रहेका मुखियालाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो ।
जनयुद्धकालमा जिल्ला सेक्रेटरीको जिम्मेवारी सम्हालेका मुखिया रौतहटको राजनीतिमा एक प्रभावशाली र जुझारु नेताका रूपमा परिचित थिए ।
मुखिया २०७४ सालको स्थानीय तह निर्वाचनमा यमुनामाई गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका थिए ।
मुखियाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज यमुनामाईस्थित उनकै निवासमा राखिने पारिवारिक स्रोतले जनाएको छ ।




